हवाई टिकट मूल्यबृद्धी नियन्त्रण गर्न राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्छ
काठमाडौं, २३ पुस । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकट मूल्यबृद्धी नियन्त्रण गर्नका लागि राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आज उहाँले त्यसका लागि नेपालको आकाश सुरक्षित र भरपर्दो हुनुपर्ने तथा त्यसमा सबैको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । मन्त्री पाण्डेले भन्नुभयो, ु हवाई जहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नु आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छौ । मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधिसहित निर्देशन दिएको समेत जानकारी दिनुभयो ।