पर्यटन विकासका लागि निगमको स्तरोन्नती र स्रोत वजारमा सेवा विस्तार गर्न सुझाव
काठमाडौं, पुस २१ गते पर्यटनसँग सम्बद्ध विभिन्न संघ सस्थाले नेपालको पर्यटन बिकास र बिस्तारको लागि नेपाल वायुसेवा निगमको स्तरोन्नती सहित मुख्य स्रोत बजारमा सेवा बिस्तार गर्न शुझाब दिएका छन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफलमा पर्यटन सम्बद्ध विभिन्न संघ सस्थाले नेपालको पर्यटन बिकास र बिस्तारको लागि नेपाल वायुसेवा निगमको स्तरोन्नती सहित मुख्य स्रोत बजारमा सेवा बिस्तार गर्न शुझाब दिएका हुन ।
यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएकोमा समेत मन्त्री पाण्डेलाई धन्यवाद व्यक्त गरेका छन । यो विधेयक संसदले पास गरे युरोपबाट नेपालमा पर्यटनकको वृद्धि हुने उहाँ हरुको भनाइ थियो । पर्यटनको विकासकालागि पर्यटन बोर्ड मार्फत अन्तर्राष्ट्रिय बजारमा आक्रमक प्रवद्र्धन गर्न पनि सुझाव दिएका छन् ।
यस्तै लुक्लामा हेलिकोप्टर उडानमा भएको समस्याले समेत पर्यटनमा समस्या हुने भनाइ थियो । छलफलमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै नितिगत सुधारमा सहयोग गर्न समेत आग्रह गर्नु भएको थियोे । हरेक महिना यस्ता छलफल गर्ने समेत सहमति भएको छ ।