१३ माघ २०८१, आइतबार | January 26, 2025

भीम रावललाई निकालेर ओली नांगिए : विश्लेषक रायमाझी


January 3, 2025
10.2k
Shares

काठमाडौं,१९ पुस । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नेकपा एमालेभित्र केन्द्रीकृत एकाधिकार बढ्दै गइरहेको टिप्पणी गरेका छन् ।

‘केपी बा’ भन्ने जयजयकार गर्ने गु्रपले गर्दा सो पार्टीमा विचलन आएको उनको भनाइ थियो । एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावललाई पार्टीबाट निष्कासित गरेपछि रायमाझीले यस्तो विश्लेषणात्मक टिप्पणी गरेका हुन् ।

पार्टी भित्र उठेका विचारलाई ओली नेतृत्वले प्राथमिकता नदिएको पनि उनको आरोप छ । “पार्टीभित्र ओलीका विरुद्ध बोल्नै नहुने त्यो त तानाशाह प्रवृत्ति भयो नी” पार्टीभित्रका वैचारिक विवादहरु नेतृत्वले समाधान गर्दै जानुपर्ने भन्दै लेखक समेत रहेका रायमाझीले भने,“भीम रावललाई पार्टीबाट निकाल्नु संसदीय अभ्यासको बहुदलिय व्यवस्थामा पनि प्रजातन्त्रको उपहास मात्रै होइन,लज्जास्पद हो ।” यस्ता कार्यले एमालेलाई मात्र नभएर अन्य दललाई पनि राम्रो सन्देश नदिने उनको आशय थियो ।

ओली नेतत्वको पार्टीभित्र अन्तरकलहले जरो जाडेको भन्दै उनले भने,“एमालेभित्र पनि लोकतन्त्र हुनुपर्ने,छलफल हुनुपर्ने हो नी,यसलाई कसरी प्रजातन्त्र भन्ने त ?”  नेतृत्वको प्रतिस्पर्धामा अन्य नेता पनि आउन सक्ने सम्भावना देखेर रावलसहित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको उनले तर्क गरे । एमालेको सचिवालय बैठकले पार्टी भवन निर्माणका सवालमा पाण्डे र तिम्सिनाले दिएको अभिव्यक्तिलाई लिएर उनीहरूको जिम्मेवारी ६ महिनाका लागि खोसेको हो । उनीहरूलाई यसअघि नै पार्टीले स्पष्टीकरण समेत सोधेको थियो ।

रायमाझीले पछिल्लो समय राजनीतिक दलहरुका गतिविधिले २०१७ साल दोहोरिन सकिने सम्भावना बढेको पनि बताए । “दलिय स्वार्थ,सर्किण स्वभाव र नेतृत्व आफु केन्द्रीत शासन प्रणाली लागु गर्दा एमालेमा मात्र होइन अन्य पार्टीमा पनि सोही परिपाटी विजारोपण हुनसक्छ ।”–उनले भने ।

प्रतिक्रिया