नयाँ कानुन निर्माण भए प्राधिकरण झनै विश्वसनीय हुन्छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने कानुन निर्माण भए पछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताउनु भएको छ ।
मंगलबार क्यानको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले मन्त्रिपरिषदबाट स्वीकृत भएको विधेयकलाई संसदबाट कानुनको रुपमा निर्माण गरे पछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताउनु भएको हो ।
विधेयकमाथि छलफल हुँदा क्यान कर्मचारीका कुरा समेत समबेश गरिने उहाँको भनाइ थियोे । नयाँ कानुन निर्माण भएपछि अन्तर्राष्ट्रिय रूपमा उठ्ने गरेका प्रश्न पनि सम्बोधन हुने उहाँले बताउनुभयो ।
कानुन निर्माण गर्दा कुनै कुरामा संका नगर्न आग्रह गर्दै यो कानुन निर्माण भए प्राधिकरण झनै विश्वसनीय हुने उहाँको तर्क थियो । निजगढ विमानस्थाल निर्माण नेपालको सपना भएको बताउँदै तर त्यो निर्माणको विषय त्यतिकै अल्झिरहेको उहाँको भनाइ थियोे ।