भागेर मस्को पुगे सिरियाली राष्ट्रपति
एजेन्सी, २४ मंसिर । विद्रोहीले राजधानी दमास्कस कब्जा गर्नुअघि नै सिरियाली राष्ट्रपति बसर अल असदले देश छाडेका थिए । उनी कहाँ पुगे भन्ने अनुमान मात्र थियो । असद युएई या इरानमध्ये कुनै एक देश पुगेको चर्चा चल्यो । पश्चिमा मिडियाले उनी विमान विद्रोहीले खसालिदिएपछि मारिएको समाचार प्रकाशित गरे ।
असद मस्को पुगेको पुष्टि भयो सोमबार विहान । रुसले यसको पुष्टि गरेको छ । उसले रोयटर्सले गलत हल्ला मच्चाएको विषय उठायो ।
असद रुसनिकट मानिन्थे । रुसले उनलाई साथ दिदै आएको थियो । सिरियामा २०१५ यता रुसी हवाई अखडा पनि छ । त्यहाँको समुन्द्रमा रुसले युद्धक जहाज राखेको छ ।
अलकायदासँग लामो समय जोडिएका नेताको समूहले दमास्कस कब्जा गरेको हो । उनलाई अमेरिका, इजरायल र टर्कीको भित्री साथ थियो । असद त भागे तर सिरियामा भविष्यमा खतरनाक अवस्था आउने आँकलन गरिएको छ ।