२ माघ २०८१, बुधबार | January 16, 2025

मर्यादाक्रम मिचिएको भन्दै नेताहरुविच जुहारी


December 9, 2024
747
Shares

नवलपुर, मंसिर २३ गते । गैँडा संरक्षण समन्वय समितिको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा भएको एक दिने कार्यशाला गोष्ठीमा नेताहरुविचको मर्यादाको विषयलाई लिएर जुहारी चलेको छ ।

उदघोषकले प्रमुख अतिथिको रुपमा संविधानसभा सदस्य कृष्णप्रसाद पौडेललाई आसनग्रहण गराएपछि गण्डकी प्रदेश सभा सदस्य बिन्दु पहाडीले असहमति जनाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गण्डकी प्रदेशसभा सदस्य पहाडीले असहमति जनाउँदै आयोजकले आफूलाई अपमान गरेको आरोप लगाउनुभयो ।

‘‘तपाईहरुले नियम मिच्न पाउनु हुन्न । यसरी मर्यादा मिचेपछि कसरी जनताका प्रतिनिधिहरु तपाईहरुको कार्यक्रममा आउँछन् रु” उहाँले प्रश्न गर्नुभयो । सांसद पहाडीले भन्नुभयो, ‘‘अपमान गर्न पाइँदैन, नियम मिचेको ठाउँमा माननीय बस्दैन’’ सांसद पहाडी उठेर हिड्न थालेपछि प्रमुख अतिथिको रुपमा रहनुभएका संविधानसभा सदस्य पौडेलले पहाडीलाई सम्झाउने प्रयास गर्नुभयो ।

पहाडीले जिज्ञासा गर्नुभयो, ‘‘तपाई बहालवाला सांसद हो र रु” उहाँको प्रश्नमा पौडेलले भन्नुभयो, “संविधानसभा सदस्य र संसद अलग कुरो हो, संसदको निर्वाचन पटक पटक हुन्छ, संविधानसभा चुनाव सधैं हुँदैन । कारणवस हाम्रोमा दुई पटक भयो ।”

गैँडा संरक्षण समन्वय समितिका अध्यक्ष विष्णु अधिकारीले सम्झाउन खोज्दा सांसद पहाडी कार्यक्रमबाट झोक्किदै बाहिरिनुभयो ।

यस्तो छ मर्यादाक्रम

पौडेल र पहाडीबिच भएको विवाद मर्यादाक्रममा संविधानसभा सदस्य र वर्तमान प्रदेश सभा सदस्यमध्ये को सिनियर भन्ने हो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावका मर्यादाक्रम गृह मन्त्रालयले निर्धारण गर्ने गरेको छ ।

जसमा मर्यादा क्रमको १० औं नम्बरमा संविधान सभाका सदस्यलाई राखेको छ । प्रदेशसभाका सदस्यलाई ११ औं नम्बरमा राखिएको छ । सो विषय नियमअनुसार नै हुने कार्यक्रममा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो । गोप

प्रतिक्रिया