२ माघ २०८१, बुधबार | January 15, 2025

तेह्रथुमको आठराईमा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास


December 8, 2024
415
Shares

काठमाडौं, २३ मसिर । तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास भएको छ । तेह्रथुम निर्वाचन क्षेत्र नं १ की सांसद सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरेका छन् ।

ुनेपाल भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोग ३ करोड ५४ लाख लागतमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिने जनाइएको छ। उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुई तल्ले स्वास्थ्य चौकी भवन निर्माणका लागि उपयोग गरिनेछ। यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको जनाइएको छ । तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिने जनाइएको छ ।

प्रतिक्रिया