२७ पुस २०८१, शनिबार | January 12, 2025

जर्ज सोरसको ओपन सोसाइटीको भारत र नेपालमा बलियो सञ्जाल


December 8, 2024
498
Shares

काठमाडौं, २३ मंसिर । जर्ज सोरसको ओपन सोसाइटीको भारत र नेपालमा बलियो सञ्जाल बनाइएको तथ्य खुलेको छ । मिडियामा अनुदान दिएर उक्त संस्थाले पश्चिमाविरोधी शक्तिविरुद्ध प्रोपोगान्डा मच्चाउँदै आएको विषय उठ्दै आएको छ ।

सोरसको ओपन सोसाइटी इन्स्टिच्युटले कँग्रेस आईकी नेता सोनिया गान्धी अध्यक्ष रहेको राजिव गान्धी फाउण्डेशनलाई १ करोड २० लाख ५४ हजार भारु दिएको तथ्य बाहिर आएको छ । यसलाई लिएर भारतको सत्तारुढ भारतीय जनता पार्टीले सोरस फाउण्डेशन कँग्रेस आईको लागि भाजपाविरुद्धको एजेन्डामा केन्द्रित भएको आरोप लगाएको छ ।

सोरसको अनुदानमा चल्ने ओसीसीआरपीले कँग्रेस आईका नेता राहुल गान्धीको गौतम अडानीविरुद्धको पत्रकार सम्मेलनलाई प्रत्यक्ष प्रसारण गरेको थियो । यो विषय पनि जोडतोडले आएको छ ।
कँग्रेस नेता शशि थरुरले जर्ज सोरसलाई आफ्ना पुराना मित्र भनेका छन् । यसलाई पनि भाजपाले उठान गरेको छ ।

जर्ज सोरस अमेरिकालगायत पश्चिमा एजेन्डा लागू गर्न विश्वभर लगानी गर्दै आएका छन् ओपन सोसाइटी फाउण्डेशन मार्फत् । उनले नेपालमा पनि आफ्नो बलियो पकड बनाएका छन् मिडियामा ।

प्रतिक्रिया