सिरियाका राष्ट्रपति असद देशबाट भागे
एजेन्सी, २३ मंसिर । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोहीले आइतबार विहानै राजधानी दमास्कस कब्जा गरेपछि असद देश छाडेर भागेका हुन् ।
असदको २४ वर्ष लामो शासन ढलेको त्यहाँका सैनिक अधिकारीहरुले समेत घोषणा गरेका छन् । अब विगतमा अलकायदका सदस्य रहेका हायत तहरिर अल सामका नेता अहमद अल सारले जितको खुशियाली मनाउन आव्हान गरेका छन् ।
रुस र इरानको साथ पाएका असदको सत्ता ढलेपछि नयाँ घटनाक्रम विकास भएको छ । रुस र अमेरिकाबीचको छदम युद्धले विश्वभर नयाँ द्वन्द्व सृजना भएको छ । रुस युक्रेन युद्धमा केन्द्रित हुँदा विद्रोहीले सिरिया कब्जा गरेका छन् ।