२ माघ २०८१, बुधबार | January 15, 2025

पाकिस्तानमा इमरानको समर्थक इस्लामावाद पुग्दा हिंसा


November 26, 2024
747
Shares

एजेन्सी, ११ मंसिर । पाकिस्तानको राजधानी इस्लामावादतर्फ बढेका पूर्वप्रधानमन्त्री इमरान खान समर्थक र सुरक्षाकर्मीबीच भिडन्त हुँदा रक्तपात भएको छ । दुवैतर्फ ठूलो क्षति भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

खानको रिहाईको माग गर्दै इस्लामावादतर्फ बढेकाहरुलाई रोक्न सेना परिचालन गरिएको छ । अवरोधका बाबजुद बढेका उनीहरुलाई रोक्न क्रममा भिडन्त भएको हो । त्यस क्रममा चारजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

खान समर्थक ४ हजारभन्दा बढी पक्राउ परेका छन् । शुक्रबारदेखि इस्लामावादलगायत विभिन्न भागमा मोबाइल र इन्टरनेट अवरुद्ध पारिएको छ ।

बिहिबार पाकिस्तानको अदालतले राजधानीमा जुलुस गर्न प्रतिबन्ध लगाएको छ । त्यही आधारमा उनीहरु पक्राउ परेका छन् ।

मुख्य सडकहरु सुरक्षाकर्मीले अवरुद्ध पारेका छन् । इस्लामावाद र अन्य शहरको यात्रा असम्भव बनाइएको छ । त्यसका बाबजुद हजारौं समर्थक मार्चपास गर्दै बढेका छन् ।

पाकिस्तानको सेनालाई लकडाउन उल्लंघन गर्नेलाई देख्यो कि गोली हान्ने आदेश दिइएको छ । त्यसका बाबजुद प्रदर्शनकारी बढेका छन् ।

खानका समर्थकहरुले अमेरिका, जापानलगायत विश्वका विभिन्न देशमा प्रदर्शन गरेका छन् । सन् २०२२ मा अपदस्थ गरिएका खान जेल हालिएका छन् । उनको पार्टीमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया