११ पुस २०८१, बिहिबार | December 27, 2024

पुटिनको धम्कीले विश्वयुद्धको खतरा


November 22, 2024
1.3k
Shares

एजेन्सी, ७ मंसिर । रुसले युक्रेनमाथि अहिलेसम्मकै द्रुत गतिको मिसाइल आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिसेकेन्ड ३ किलोमिटर गतिको मिसाइल प्रहार गरेको र त्यो अमेरिका र यूरोपमा विकास भएका अहिलेसम्मकै कुनैपनि हवाई प्रतिरक्षा प्रणालीले ध्वस्त पार्न नसक्ने दाबी गरेका छन् ।

पुटिनले युक्रेनबारे बिहिबार दिएको अभिव्यक्तिले तरंग नै ल्याएको छ । उनको अभिव्यक्तिमा अमेरिका र यूरोपमाथि धम्की मिसिएको छ । पुटिनले रुसको भूभागमाथि जुन देशको हतियारले आक्रमण गरिन्छ त्यो देशमाथि आक्रमण गर्ने चेतावनी दिएका छन् ।

रुससँग अत्याधुनिक हतियार रहेको र त्यसको प्रयोग समेत गर्न सक्ने भनेका छन् । उनले रुसले नभई अमेरकाले अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली ध्वस्त पारेको आरोप लगाए । अमेरिकाले विश्वव्यापी द्वन्द्व सृजना गरी विश्वलाई नै युद्धमा धकेलेको उनको आरोप छ ।

पुटिनको धम्कीले विश्वयुद्धको खतरा बढेको छ । उनले आणविक हतियारको प्रयोगको धम्की त विगतमा नै दिएका थिए । तर, पछिल्लो आक्रमणबाट पुटिनले सँसारभर तरंग ल्याइदिएका छन् ।

प्रतिक्रिया