२ मंसिर २०८१, आइतबार | November 17, 2024

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका ढुङ्गानाको निधन


November 17, 2024
249
Shares

काठमाडौँ,२ मंसिर । तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारको क्रममा राजधानीको फ्रन्ट लाइन अस्पतालमा निधन भएको हो ।

कलेजो सम्बन्धी समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।

प्रतिक्रिया