सांसद बिमला गौचनको निधन

काठमाडौं,२९ कात्तिक । गण्डकी प्रदेश सांसद बिमला गौचनको निधन भएको छ । करिब एक सातादेखि डेंगुबाट ग्रसित गौचनको उपचारको क्रममा ह्दयघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको ३ दिनदेखि ग्राण्डी हस्पिटलको आइसीयुमा उपचार हुँदै आएको नेपाली कांग्रेसका नेता रेशम बानियाँले जानकारी दिए । सांसद गौचनको उपचारको क्रममा बुधबार मध्यरात साढे १२ बजे तिर ह्दयघात भएको हुनसक्ने परिवारको अनुमान छ ।
म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् ।