मनाङे डिल्लीबजार जेलमा

काठमाडौं, २७ कात्तिक । २१ वर्षअघि मिलन चक्रेको हात छिनालेको काण्डमा दिपक मनाङे जेल हालिएका छन् । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी प्रहरीले डिल्लीबजार कारागार पठाएको हो ।
मनाङे विगतमा २ वर्ष सोही कारागारमा बसेका थिए । उनी अब ३ वर्ष कारागारमा रहनेछन् ।
मनाङे जेल पर्नुभन्दा अघि उनको सांसद पद पनि गएको छ । गण्डकी प्रदेशका निर्वाचित सांसद मनाङे ६ पटक मन्त्री भइसकेका छन् ।
गुण्डागर्दी पृष्ठभूमिका मनाङे जेल परेपछि चासो र चर्चा पनि चलिरहेको छ ।