राष्ट्रपति पौडेलले गरे चीन र अमेरिकामा राजदुत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा नेपाली राजदूत नियुक्त गरेका छन् ।
यसअघि नै संसदीय सुनुवाइ पूरा भइसकेका प्रा.डा. कृष्ण प्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाको राजदूत पदमा राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले शीतल निवासका अनुसार संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेका हुन् ।