जय नेपाल फाउण्डेसनको युथ नेटवर्कद्धारा बाढी पीडितलाई त्रिपाल,जस्ता र डसना वितरण

काठमाडौं,१५ कात्तिक । जय नेपाल फाउण्डेसन अन्तराष्ट्रीय समिति अन्तर्गत युथ नेटवर्कले बुधबार काभ्रेका बाढीपहिरो पीडितहरुलाई घर छाउने जस्ता,त्रिपाल र डसना वितरण गरेको छ ।
गत असोज ११ गते गएको विनासकारी बाढिपहिरोबाट क्षतिग्रस्त काभ्रेका श्री इन्द्रादेवी आधारभूत विद्यालय,पनौती नगरपालिका– १२,कलाँती, काभ्रेमा चार कोठाको स्कुल जस्ताले बार्न र छाउनका लागि १ लाख ८० हजार बराबरको जस्ता साथै बेथानचोक गाउँपालिका–४ सिम्ले गाउँ, काभ्रेमा २५ थान त्रिपाल र २७ थान डसना राहत वितरण गरेको संस्थाका अध्यक्ष बद्री अर्यालले जानकारी दिए ।
आफूहरुले वितरण गरेको राहत प्राकृतिक प्रकोपले आक्रान्त र यथार्थ पीडितको हातमा परेको पनि आर्यलले बताए ।
फाउण्डेशनका अध्यक्ष अर्यालसहित उक्त राहत वितरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य,संस्थापक केन्द्रीय सदस्य राम रोकाय, सिन्धुपाल्चोक जिल्ला संयोजक ज्ञानु तिमल्सिना, युथ नेटवर्कका केन्द्रीय सदस्य महेन्द्र बस्नेत, रिता शाही,सुरेश त्रिपाठी लगायतको उपस्थित थियो।