भारतीय विमानमा बमको हल्ला मच्चाउने आतंकवादसम्बन्धी पुस्तकका लेखक
एजेन्सी, १३ कात्तिक । भारतका विमानहरुमा बमको हल्ला मच्चाउने समूहका एक व्यक्तिको पहिचान भएको छ । ती व्यक्ति ३५ वर्षीय जगदीश उके रहेको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उके महाराष्ट्रको माओवादी प्रभावित जिल्ला गोन्डियाका नागरिक हुन् । उनले भारतको एयरपोर्ट, विमान र रेल स्टेशनहरुमा बमको हल्ला इमेलहरुमार्फत् मच्चाइएको पत्ता लागेको छ ।
उके २०२१ म यस्तै अफवाह फैलाउने इमेलका कारण पक्राउ परेका थिए । उनले आतंकवादसम्बन्धी पुस्तक पनि लेखेका छन् ।
उकेले भारतको प्रधानमन्त्री नरेन्द्र मोदीसँग आतंकवादसम्बन्धी कुराकानी गर्न भेटको चाहना पनि राखेका थिए ।