२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

द्वन्द्व गर्ने थलो बन्यो नुवाकोट कांग्रेसका भातृ संस्था


October 28, 2024
22.7k
Shares

संजिब गुरुङ्ग । नुवाकोट नेपाली काङ्ग्रेसको इतिहासलाई हेर्ने हो भने दुई परिवारबीच सीमित छ । ती दुबै परिवारले सत्ता बाँडफाँडदेखि कार्यकर्तालाई आफ्नो खेमामा भर्ती गराउनमा तल्लिन देखिने दुई खेमा भागबण्डा नमिल्दा आफूले आफूलाई सर्वे सर्व ठान्दा तल्लो तहको कार्यकर्तामा समेत फुटको राजनीति भएको प्रष्ट देखिन्छ ।

जसको असर तेरो, मेरो उसको र त्यसको, म ठूलो र त्यो सानो भन्दै कार्यकर्तामा नै मुख बाराबारसम्म पनि देखिन्छ । त्यसले गरेको राम्रो र मैले गरेको नराम्रो भन्दै आउने सम्पूर्ण सेवा सुविधालाई आफ्नै घरभित्र सीमित राखी तल्लो तहका राजनीतिक नबुझेका कार्यकर्तालाई लडाउन दुई घर ब्यस्त देखिन्छन् ।

पछिल्लो समयलाई नजिकबाट हेर्ने हो भने फेरि सामाजिक सञ्जालहरूमा देखिएका नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ (नेविसङ्घ) र नेपाल तरुण दल यिनलाई पनि कुनै पार्टी प्यालेसको होटलको बन्द कोठामा राखेर मेरो धेरै र त्यसको थोरै भन्दै कार्यकर्ताको मोलतोल गरेर दम्भका साथ छुटाउन र फुटाउनमा लागिपरेको सहजै अनुमान लगाउन सकिन्छ ।

समय सँगसँगै आएको परिवर्तन र परिवर्तन सँगसँगै आएको युवा पुस्तामा राजनीतिक चेतना नहुँदा राजनीतिक बुझेका नयाँ पुस्तामा नैरास्यता छाएको हो । यसरी नै कांग्रेस पार्टी संगठनमा आबद्ध अग्रजहरू दम्ब र घमण्डले भरिएको नीति बोकेर यसरी नै अगाडि बढ्दै जाने हो भने नेपाली कांग्रेस नुवाकोटमा नयाँ पुस्ता उदाउने छैन् । सम्पूर्ण प्रजातन्त्र प्रेमी बीपीका विचारमा आस्था राख्ने अग्रज र युवा शक्तिहरू एक ठाउँमा उभिने बेला भएको छ । जय होस् जय तरुण


(गुरुङ्ग नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन् ।)

 

प्रतिक्रिया