१२ जेष्ठ २०८२, आइतबार | May 25, 2025

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमा विजुला वर्मा मनोनित


October 22, 2024
5.1k
Shares

काठमाडौं,६ असोज । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सिन्धुलीकी विजुला वर्मा मनोनित भएकी छिन् । पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पूर्व प्रदेश सांसद वर्मासहित १८ जनालाई सोमबार पार्टी विधानको धारा ३६ (१) (ग) बमोजिम सदस्यहरू मनोनीत गरेका हुन् ।

मनोनित हुनेहरुमा बाजुराका कविराज पण्डित, तनहुँका जगदीशचन्द्र पोखरेल, गुल्मीका छन्दबहादुर पहराई, सिन्धुलीका विजुला वर्मा, नुवाकोटका केदारनरसिंह के।सी र सोलुखुम्बुकी रिना उप्रेती छन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार धनुषाका वीरेन्द्र यादव, कास्कीका डा. कृष्णप्रसाद पौडेल, झापाका भरत प्रसाई, भक्तपुरका कमल कार्की, सिन्धुपाल्चोकका बलदेव तिमिल्सीना, स्याङ्जाका डोलराज भुसाल, बागलुङका प्रताप पौडेल, जाजरकोटका हजारी नेपाली (वादी), काठमाडौँका विश्वदिप लामिछाने, रौतहटका नाहिदा परविन, कञ्चनपुरका भवानी पन्त र काठमाडौँका अनार बस्नेतलाई उपसभापति खड्काले प्रतिष्ठानको सदस्यमा मनोनीत गरेका भएका हुन् ।

प्रतिक्रिया