भवन निर्माणका लागि यस्तो थियो एमालेको योजना !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वउपाध्यक्ष डा। भीम रावलसहित तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमाले सचिवालय बैठकले रावलसहित पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार साँझ बसेको पार्टी सचिवालय बैठकले पार्टीको निर्णयविरुद्धमा अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
एमाले महासचिव शंकर पोखरेलले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सिनाले कीर्तिपुरमा निर्माण भइरहेको पार्टी कार्यालयका विरुद्धमा बोलेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिएका छन् । पार्टीको निर्णयमा कार्यालय निर्माणका लागि शिलान्याससमेत भइसकेको विषयमा अभिव्यक्ति दिने काम भएको उनले बताए ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले र जग्गादाता भाटभटेनीका सञ्चालक रहेका व्यवसायी मीनबहादुर गुरुङले संयुक्त रूपमा कीर्तिपुरमा पार्टी कार्यालय भवन निर्माणका लागि शिलान्यास गरेका थिए । यसैगरी, पार्टीको नीतिविपरीत गतिविधि गरेको भन्दै पूर्वउपाध्यक्ष रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए । महासचिव पोखरेलले लामो समय पार्टी नीति�

