कृषि,बागवानी र पशु चिकित्सा स्नातक तह भर्नाको प्रवेश परीक्षा स्थगित

काठमाडौं,१२ असोज । अविरल वर्षा र प्रतिकुल मौसमका कारण पशु चिकित्सा स्नातक तह भर्नाको प्रवेश परीक्षा स्थगित भएको छ ।
त्रिभुवन विश्वविद्यालय कृषि, बागवानी र पशु चिकित्सा स्नातक तह भर्नाको प्रवेश परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरेको हो ।
प्रवेश परीक्षा सम्बन्धि अर्को सूचना यथासक्य चाँडो अध्ययन संस्थानको वेवसाइटमा प्रकाशित गरिने संयोजक भर्ना समितिको तर्फबाट नि.डिन डा.किशोर चन्द्र दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।