६ आश्विन २०८१, आइतबार | September 22, 2024

जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कको संयोजकमा पौडेल र महासचिवमा न्यौपाने


September 22, 2024
4.1k
Shares

काठमाडौं,६ असोज । जय नेपाल इन्टरनेशनल फाउन्डेसन द्वारा शनिबार विधिवत् रूपमा जुम मार्फत् एक भव्य समारोह का बिच JNIF Global youth Network को नयाँ कार्यसमिति गठन गरिएको छ। ४३ सदस्य उक्त कार्यसमितिमा अध्यक्षको रूपमा अस्ट्रेलिया बाट मदन राज पौडेल र महासचिवको रूपमा अमेरिका बाट नवराज न्यौपाने सर्वसम्म्मत रूपमा चयन भएका छन् । ३० भन्दा बढि देशहरु बाट समितिमा जुझारू र जोशिला युवाहरु जोडिएका छन् ।

कार्यक्रमको अध्यक्षता जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रिय अध्यक्ष डा.यादव पडिण्तले गर्नु भएको थियो भने प्रमुख अथिति नेपाली काँग्रेस का केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा युवा नेता प्रदिप पौडेल हुनु हुन्थ्यो । मन्त्री पौडेलले नेपाल र नेपालीसंग जोडिन JNIF लाई शुभकामना दिदै उत्तरोतर प्रगति को कामना गर्नु भएको थियो ११ जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रिय प्रवक्ता लाल प्रसाद काफ्लेले सबै अतिथीहरुलाई स्वागत गरेका थिए।

विशिष्ट अथितिमा संघीय संसाद प्रतिमा गौतम, कोशी प्रदेशका निवर्तमान मुख्य मन्त्री नेपाली कांग्रेसका युवा नेता केदार कार्की ,ने । वि। संघ का पुर्व महामन्त्री मनोजमणि आर्चाय,पुर्व प्रदेश सांसद बिजुला बर्मा राना, पत्रकार शिव लम्साल ,विष्णु हरी घिमीरे ,जय नेपाल इन्टरनेशनल फाउन्डेसनका नेपाल च्याप्टरका अध्यक्ष बद्रि अर्याल,NRNA आईसीसीका नेता हरु डा। केशव पौडेल, बुद्धि सागर सुवेदी, फाउन्डेसनका संस्थापक विश्व बराल, NRNA आईसीसीका पुर्व उपाध्यक्ष दुर्गा आचार्य , क्यानडा का पुर्व अध्यक्ष दिपक गौतम, जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग ,क्यानडा जन सम्पर्क समितिका अध्यक्ष बुद्धि प्रकाश ओलि, एनआरएन बेल्जियम का अध्यक्ष सिता सापकोटा NRNA USA का निर्वतमान उपादक्ष्य डिलु पराजुली ,राजनैतिक विश्लेषक शंकर तिवारी , नेका युवा नेता सुदिप मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो । मन्तव्य का क्रममा सबैले युवाहरु लाई उत्साहित हुदै नेपाल सित जोडिन आग्रह गरेका थिए। जय नेपाल इन्टर नेशनल फाउन्डेसन कार्य समिती को तर्फबाट CANADA chapter president सुमन वास्कोटा ले सबै लाई धन्यवाद दिदै सबै लाई संस्था सग जोडिन आबवाहान गर्नु भएको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्ण ले नयाँ कार्यसमिति लाई बधाई तथा सम्पुर्ण युवाहरु लाई एकत्रित भएर काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा युवा समितिका अध्यक्ष मदन राज पौडेलले नयाँ कार्यसमितिको परिचय गराउनु भएको थियो भने कार्यक्रम पहिलो चरणमा केन्द्र का महासचिव अग्नि चौंलागाईले संचालन गरी दोश्रो चरणमा युवा समितिका महासचिव नवराज न्यौपाने लाई हस्तातरण गर्नु भएको थियो भने युवा समिति गठन गर्नुको उदेश्य युवा समितिका केन्द्रिय सदस्य तथा एआरएनए अमेरिकाका युवा उपाध्यक्ष अनुप खनाल ले प्रस्टाउनु भएको थियो साथै अन्तमा धन्यवाद ज्ञापन भने केन्द्रिय सदस्य JNIF , GYN , जनसम्पर्क समिति जर्मनी का महासचिव तथा एनआरएन जर्मनीका महासचिव सिजन दाहाल ले दिनु भएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष डा. यादव पण्डित ले यो फाउन्डेसन कसैको विरोधी नभई सबै सग मिलेर काम गर्ने कुरा अवगत गराउँदै फाउन्डेसन को सदस्यता लिन आग्रह गर्नु भयो।

प्रतिक्रिया