२३ पुस २०८२, बुधबार | January 7, 2026

दशैँको टीका ग्रहणको उत्तम समय कति बेला ?


September 21, 2024
830
Shares

काठमाडौं।५ असोज । यस वर्ष दसैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ।

शुक्रबार पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमी असोज २६ गतेका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ।

दशमी असोज २६ गते शनिबार परेको छ। सो दिन टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ ।

घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चांग समितिले जनाएको छ।

प्रतिक्रिया