३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ऋतिक रोशन र सबा आजादको ब्रेकअफ भएकै हो त ?


September 17, 2024
0
Shares

एजेन्सी । केही समययता बलिउड अभिनेता ऋतिक रोशन र सबा आजादको ब्रेकअपको खबर बाहिर आएको थियो । यसैबीच अहिले ऋतिक र सबाको एक भिडियो सार्वजनिक भएको छ । जसमा दुबैजना सँगै बाप्पाको आरती गर्दै देखिएका छन् । अब यो भिडियो भाइरल भएपछि उनीहरुको ब्रेकअपको खबर बन्द भएको छ ।

यो भिडियो ऋतिक रोशनकी बहिनी सुनैना रोशनले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । जसमा सुनैनाले बप्पालाई निकै धूमधामका साथ घरमा ल्याएको देख्न सकिन्छ । परिवारका सबै सदस्य मिलेर गणपतिको आरती गरेका छन् । यस भिडियोमा ऋतिक र साबा पनि सँगै बाप्पाको आरती गरिरहेको देखिन्छ ।

पूजाका क्रममा ऋतिकले सेतो रंगको टी–सर्ट र ट्राउजर लगाएकी साबा एथनिक लुकमा देखिएकी थिइन् । दुवैको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो देखेर फ्यानहरु पनि निकै खुसी भए ।

ऋतिक रोशन र सुजैन खानको सन् २०१४ मा सम्बन्धविच्छेद भएको थियो । श्रीमतीसँग छुट्टिएपछि ऋतिक विगत दुई वर्षदेखि सबा आजादसँग डेट गरिरहेका छन् । यसै क्रममा ऋतिक धेरै ठाउँमा एक्लै देखिएपछि जोडीको ब्रेकअपको खबर आउन थालेको थियो । जबकी साबा अक्सर उनीसँगै हुन्छिन् ।

 

प्रतिक्रिया