३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारतको सहयोगमा निर्माण भएको महेन्द्र शान्ति माविको भवन उद्घाटन


September 16, 2024
581
Shares

काठमाडौं, ३१ भाद्र । भारतको सहयोगमा निर्माण भएको भक्तपुरस्थित श्री महेन्दै शान्ति माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ । सोमबार भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख सरिता तिमसिना (भट्टराई) र भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको १ करोड १३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको भवन तीन तल्ले छ ।

भवन उदेघानपछि प्रतिनिधि सभाका सांसद र्दुलभ थापालगायनले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

सन् १९५२ मा प्राथमिक विद्यालयको रुपमा श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको स्थापना भएको थियो जुन सन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नत भएको थियो ।

उक्त विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्येको एक हो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा कुल विद्यार्थी संख्या करिब ८०० जना छन्।

श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुने जनाइएको छ ।

प्रतिक्रिया