२ आश्विन २०८१, बुधबार | September 19, 2024

आज प्रतिनिधि सभा बैठक बस्ला ?


September 16, 2024
415
Shares

काठमाडौं,३१ भदौं । संसद बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको हो । गत आइतबार र बुधबारको बैठक माओवादी केन्द्रले संसदको अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो।

संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो। अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ।

 

प्रतिक्रिया