२ आश्विन २०८१, बुधबार | September 19, 2024

राज्यको करोडौं खर्चेर दलालीलाई विभुषण,देशकै बेइज्यत : विश्लेषक रायमाझी


September 15, 2024
6.4k
Shares

काठमाडौं, ३० भदौ । राष्ट्रपति कार्यलयले प्रत्येक वर्ष संविधान दिवसको अवसर पारेर असोज ३ गते विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई विभुषित गर्दै आएको छ । प्रत्येक वर्ष गृह मन्त्रालयको सिफारिसमा विभिन्न व्यक्तिहरुलाई प्रदान गरिने मानपदवि विभूषण तथा अलंकार योग्य व्यक्तिले मात्र पाउनुपर्ने राजनीतिक विश्लेषक प्रकाश रायमाझीको भनाइ छ ।

असोज ३  नजिकिदै गर्दा रायमाझीले आज एक विज्ञप्ती जारी गर्दै लेखेका छन्,“माफियाको गठबन्धनधारी सरकार प्रमुख केपी शर्मा ओली र उनका माफिया नेता तथा गृहमन्त्रीको सिफारिसमा यसपटक पनि विभुषण तथा अलङ्कार प्रदान गरिनेछ । आम नेपाली जनताले त्यसको बहिष्कार गरौं । देशको सबै जिल्ला प्रशासन कार्यालयहरूबाट सिफारिस भई गृहमन्त्रालयमा पठाउने व्यवस्था छ । तर हरेक वर्ष विभुषित हुने योग्य व्यक्तिहरु छुट्दै आएका छन् । भनसुन, दलाली गर्ने र नजराना चढाउने व्यापारिक तथा अपराधजन्य कार्यमा समेत मुछिएका व्यक्तिहरु विभूषित हुनेगर्छन् ।”

बिभुषण समितिको सिफारिसमा मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपतिको नामबाट घोषणागर्ने व्यवस्था भएपनि इमान्दार योग्य व्यक्तिले विभूषण पाउने अवसर भने अहिलेसम्म नपाएको लेखक समेत रहेका रायमाझीको तर्क छ ।

“यसपटक पनि गृहमन्त्रीको दलाली गर्नेहरूले नै विभूषण पाउने निश्चित छ । त्यस्तै रकम बुझाउने अनि गृहसचिवका चाकरी गर्नेहरूले पनि यसपटक पनि अवसर पाउने नै छन् ।”रायमाझीले लेखेका छन्,“राज्यकोषबाट करोडौं रुपमा खर्च गरेर कथित नेताहरूलाई समेत विभिन्न रत्न तथा अमुल्य धातु जडित विभूषणहरुबाट विगतका वर्षहरुमा सुशोभित गरिएको देख्दा देशको बेइज्जत भएको महसुस भएको छ । निस्वार्थ भावनाले देशभक्तिमा ओतप्रोत भएका व्यक्तिहरू भने यसपल्ट पनि प्राप्त गर्नेमा पर्ने छैनन्।”

नागरिक समाजले यस्ता विभूषण लगाउने व्यक्तिहरू कर्मचारी वा जो व्यक्ति भएपनि सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने उनको भनाइ छ । देशको लागि कुनै योगदान नगर्नेहरुलाई जनताले तिरेको करबाट बनाइएका विभुषण लगाउने अधिकार नभएको उनी बताउँछन् । गत वर्ष पनि रायमाझीले नै विभुषणको बारेमा नेपाली पेन डटकम मार्फत सरकारको विरोध जनाएपछि विभुषण कार्यक्रम रोकिएको थियो ।

 

यो पनि पढ्नुहोस् ।  https://nepalipen.com/2024/09/14396/ 

https://nepalipen.com/2023/09/6027/

प्रतिक्रिया