राजदूत अनुमोदन अन्योलमा
काठमाडौं,३० भदौं। संघीय संसद्को संसदीय सुनुवाइ समितिले आइतबार १७ देशका लागि सिफारिस भएका राजदूतको नामको विषयमा आइतबार निर्णय गर्ने भएको छ । प्रस्तावित राजदूतले पेस गरेको कार्ययोजना सुनिसकेपछि संसदीय सुनुवाइ समितिले सरकारबाट भएको सिफारिसअनुसार नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने’दयगत निर्णय गर्न लागेको हो ।
सबै १७ जना प्रस्तावित राजदूतको कार्ययोजना पेस भएको र आइतबार बस्ने बैठकले अनुमोदन’दयगत निर्णय लिने समितिले जनाएको छ । सिफारिसमा परेका १७ जनामध्ये चारजना व्यक्ति विवादमा मुछिएका छन् । जसलाई नेपालको संविधान, २०७२ र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ अनुसार राजदूत नियुक्त गर्न मिल्ने देखिँदैन ।
सरकारले संविधान र निर्देशिका बर्खिलापमा रहेर चार जनालाई राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले आइतबार निर्देशिका र संविधान नै मिचेर सिफारिस भएका व्यक्तिको नाममा निर्णय लिनेछ ।
संसदीय सुनुवाइ भइसकेका राजदूतको विषयमा सबैको नाम अनुमोदन गर्ने या केही व्यक्तिको नाम रोकिने हो त्यो भने आइतबार बस्ने संसदीय सुनुवाइ समितिको बैठकले निर्णय गर्नेछ । विवादित व्यक्तिका विषयमा यसअघिका �
