२ आश्विन २०८१, बुधबार | September 19, 2024

प्रधानन्यायाधीशमा कस्को नाम सिफारिश होला


September 13, 2024
1.5k
Shares

काठमाडौं, २८ भाद्र । न्यायपरिषद्को बैठकले ८ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ । यसैका आधारमा शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिश गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड सहभागी हुने तय छ । बैठकले सम्भवत वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिश गर्नेछ ।

न्याय परिषद्ले राउतसहित सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, नोज शर्मा, कुर चुँडाल र नहकुल सुवेदीको नाम परिषद्मा पठाएको छ ।

प्रधानन्यायाधीश श्रेष्ठ ६५ वर्ष उमेरहदले असोज १९ मा अवकाशमा जाँदैछन् । उनी बिदामा पनि बसेका छैनन् । त्यसअघि नै प्रधानन्यायाधीशको नाम सिफारिश हुन लागेको हो ।

प्रतिक्रिया