२६ पुस २०८१, शुक्रबार | January 10, 2025

उपसभामुख इन्दिरा रानालाई महाभियोग लगाएर हटाउने खेल कस्ले खेल्यो


September 11, 2024
1.2k
Shares

काठमाडौं, २६ भाद्र । उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । अमेरिकी दूतावासलाई पत्र लेखी पाँचजनालाई अमेरिका लान खोजेको विषय बाहिरिएपछि उनको राजीनामा मागेको थियो नेपाली काँग्रेसले । तर, रानाले राजीनामा नदिने अडान लिएपछि महाभियोगको तयारी भएको हो ।

विगतमा सत्ताबाहिर रहेको नेकपा एमालेले रानाको विषयमा बोलेको थिएन । त्यतिबेला एमालेकै समर्थनमा राना उपसभामुख बनेकी थिइन् । काँग्रेससँग गठबन्धनपछि भने रानाको राजीनामा माग्नेमा एमाले पनि देखिएको छ ।

रानालाई हटाएर संवैधानिक परिषद्मा स्थान बनाउन नेपाली काँग्रेसले प्रयास गरेको छ । परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता रहने व्यवस्था छ । यसकारण संसदमा सबैभन्दा ठूलो दल काँग्रेसको प्रतिनिधित्व छैन परिषद्मा । काँग्रेस त्यसकारण पनि उपसभामुख हटाएर आफ्नो दलको कुनै प्रतिनिधि सभा सदस्यलाई बनाउन चाहन्छ ।

उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी सांसद हुन् । रवि लामिछाने नेतृत्वको रास्वपाप्रति काँग्रेस सबैभन्दा कडा रुपमा प्रस्तुत हुँदै आएको छ ।

प्रतिक्रिया