ओली सरकार दलाल र बिचौलियाले बनाएको आरोप

काठमाडौं, २५ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार दलाल र बिचौलियाले बनाएको आरोप लगाएका छन् । मंगलबार सिराहाको मिर्चैयामा बोल्दै उनले भ्रष्टाचारीहरुमाथि कारबाही हुन थालेपछि आफ्नो सरकार ढालिएको समेत बताए ।
निकै आक्रोशित देखिएका प्रचण्डले अहिलेको सरकारमा रहेका भ्रष्टहरु आफै कारबाहीमा पर्ने भयपछि सरकार ढाल्न लागेको उनको भनाई थियो । भ्रष्टाचारविरुद्धको आफ्नो कदम निकै अगाडि बढिसकेको अवस्थामा सरकार ढल्नुले नयाँ घटना विकास गरेको समेत बताए ।
प्रचण्डले ओली सरकार दलाल र बिचौलियाले अँध्यारो कोठामा बनाएको आरोप लगाए । त्यस्ता दलाल र बिचौलिया को को हुन् भन्ने स्पष्ट पारेनन् ।-File Photo