न्याय क्षेत्रको भ्रष्टाचार र अराजकताको भण्डाफोरपछि नेपाली पेनलाई धम्की
काठमाडौं, २४ भाद्र । न्याय क्षेत्रमा भएका भ्रष्टाचार र बेथितीविरुद्ध नेपालीपेनले लगातार सत्यतथ्य समाचार प्रकाशित गरेपछि तरंग नै आएको छ । नेपालीपेनको समाचार सत्यतथ्य रहेकोले धेरै पाठकबाट धन्यवाद र प्रशंशाका पत्रहरु प्राप्त भएका छन् । कतिपयले टेलिफोनमार्फत् धन्यवाद दिइरहेका छन् । तर, न्याय क्षेत्रमा ‘मण्डी ओढेर घीऊ खाने’ प्रवृत्तिका केही व्यक्तिहरुले धम्की दिएका छन् । त्यस्ता धम्कीबाट नेपालीपेन कदापि विचलित नहुने स्पष्ट पारिसकेको छ ।
यस प्रकाशनमा सेप्टेम्बर ३, २०२४ मा प्रकाशित “न्यायाधीश नियुक्तिमा कल्याण-विश्वम्भर साँठगाँठ” शीर्षकको खबर निकै लोकप्रीय बनेको छ । हरेक तह र तप्काकामा व्यक्तिले समाचार पढेर प्रतिक्रिया दिइरहेका छन् । यो खोज समाचारले अहिले न्यायवृत्त मात्रै नभई नागरिक समाजलगायत विश्वभर रहेका सारा राष्ट्रप्रेमी नेपालीलाई तरङ्गित बनाइदिएको छ ।
समाचारमा अवकासको मुखमा रहेका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आफ्नै नातिलाई उच्च अदालतको न्यायाधीश बनाउन न्याय परिषदको बैठकमा दबाब दिएको समाचार प्रकाशित भएको थियो । यस सन्दर्भमा मनिष कुमार श्रेष्ठ नामबाट प्रेस विज्ञप्ति भन्दै तिथिमिति र दर्जा नखुलेको फेसबुकमार्फत सार्वजनिक कथनप्रति हाम्रो ध्यानाकर्षण भएको छ । विज्ञप्तिमा समाचारमा प्रकाशित घटना, परिघटना, विषयवस्तु, तथ्य, प्रसङ्ग, मिति, फोटो वा प्रमाणको तथ्ययुक्त खण्डन नगरिनुले समाचारको तथ्य र सत्यता थप पुष्टि भएको छ । विज्ञप्तिकर्ताले प्रधानन्यायाधीश श्रेष्ठ आफ्नो “अजा” र आफू नाति भएको, प्रकाशित तस्वीरहरू पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, प्रधानन्यायाधीशकी साली उच्च अदालतकी न्यायाधीश मेरिना श्रेष्ठ र आफू समेतको भएको, न्यायाधीश मेरिना श्रेष्ठ नातामा आफ्नो आन्टी र प्रधानन्यायाधीश श्रेष्ठको साली भएकी, फोटोमा देखिएका अनुहारहरू आफूसहित निकटम् पारिवारिक नाता सम्बन्धमा व्यक्तिहरूको रहेरभएको स्वीकार गरेको पाइयो । तर आफूसँग नसोधी फेसबुक प्रोफाइलबाट तस्वीरहरू तानिएको तथा न्यायाधीश नियुक्तिमा आफ्नो संलग्नता नभएको र आफू न्यायाधीश बन्न लालायित नभएकोले यसबाट आफ्नो व्यक्तिगत र सार्वजनिक जीवनमा असर परेको, मानमर्दन भएको दलील रहेछ ।

मनिष कुमार श्रेष्ठको विज्ञप्तिबाटै समाचारमा प्रकाशित तथ्यहरू थप पुष्टि गरिसकेको अवस्थामा फेसबुकमा कुनैपनि सामाग्री प्रकाशन गर्नु एउटा परिपक्व र मानसिक सन्तुलन सामान्य अवस्थामा रहेको व्यक्तिले सोच �
