३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आन्ध्र–तेलंगानामा बाढीले १९ जनाको मृत्यु


September 2, 2024
913
Shares

काठमाडौं,१७ भदौ । आन्ध्र प्रदेश र तेलंगानामा भारी वर्षाका कारण बाढीको अवस्था सिर्जना भएको छ । बाढी र वर्षाका कारण २ दिनमा आन्ध्र प्रदेशमा ९ र तेलंगानामा १० जनाको मृत्यु भएको छ । दुबै राज्यमा १४० ट्रेनहरू रद्द गरिएको छ। ५४ भन्दा बढी ट्रेनहरू डाइभर्ट गरिएका छन्। ल्म्च्ँ को २६ टोली तैनाथ गरिएको छ। खोलामा आएको बाढीका कारण तल्लो क्षेत्र डुबानमा परेका छन् ।

सन् १९९८ पछि आन्ध्र प्रदेशमा यस्तो बाढी आएको छ । १७ हजार मानिसको उद्धार गरिएको छ । विजयवाडामा बाढीबाट २.७६ लाख मानिस प्रभावित भएका छन् । कतिपय क्षेत्रमा १० फिटसम्म पानी जमेको छ ।

तेलंगानाका सूर्यपेट, भद्राद्री, कोथागुडेम, महबुबाद जिल्ला बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। खम्ममका ११० गाउँ पुरै पानीमा डुबेका छन् । हैदरावादमा आज विद्यालय बन्द गरिएको छ ।

विजयवाडा र गुंटुर शहरहरू पूर्ण रूपमा डुबेका छन्। विजयवाडा–गुंटुर राष्ट्रिय राजमार्ग र विजयवाडा–हैदराबाद राष्ट्रिय राजमार्ग पनि बाढीबाट प्रभावित भएका छन् । १ सयभन्दा बढी राहत शिविरमा १७ हजार मानिस बसिरहेका छन् । बुढामेरु खोला बगिरहेको छ । १.१ लाख हेक्टर जमिनमा बाली पूर्ण रुपमा नष्ट भएको छ ।

प्रतिक्रिया