३ आश्विन २०८१, बिहिबार | September 19, 2024

शेर्पाको साहसले सगरमाथा बिश्वमा चिनिएको छ : मन्त्री पाण्डे


September 1, 2024
1.1k
Shares

काठमाडौं,१६ भदौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा बिश्वमा चिनिन मद्द्त पुगेको बताउनु भएको छ ।

‌ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम’मा बोल्दै मन्त्री पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा बिश्वमा चिनिन मद्द्त पुगेको बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पान्डेले भन्नु भयो डोरी टाडने देखिआारोहीलाई शिखरमा पुर्पाउने काममा शेर्पाहरुले गर्दा नै पर्वतारोहण सहज सफल भएको भन्दै शेर्पाको कारण नै सगरमाथा बिश्वमा थप चिनिएको हो ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउपालिका भित्रका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पा देखी २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पा सम्म् छ्न । त्यस्तै पालिकाको सद्भावना दूतमा कुङ्गा सेर्पालाई घोषणा गरिएको थियो ।

 

प्रतिक्रिया