३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ओलीले देउवालाई सत्ता छाड्लान् ?


September 1, 2024
664
Shares

काठमाडौं, १६ भाद्र । प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीको कुर्सीमा निश्चित अवधि रहने सम्झौता भएको थियो । यही सम्झौता अनुसार ओली अहिले प्रधानमन्त्री छन् । उनले शनिबार सार्वजनिक रुपमा आफू अब एक वर्ष १० महिना प्रधानमन्त्री रहने बताए । त्यसपछि देउवालाई सत्ता हस्तान्तरण गर्ने उनको भनाई थियो ।

नेताहरुबीच विगतमा पनि यस्तै भद्र सहमति हुने र उल्लंघन गर्ने परिपाठी छ । ओली देउवालाई आश्वस्त बनाउन बोलिरहेका छन् । तर, देउवा सशंकित छन् । ओली पनि उत्तिकै सशंकित छन् देउवा र प्रचण्ड मिल्लान् भनेर ।

देउवालाई प्रचण्डले मनाउन खोजिरहेका छन् । तर, देउवाले सहमति उल्लंघन गर्ने सम्भावना कम छ ।

विगतमा देउवाले प्रचण्डलाई चुनावपछि प्रधानमन्त्री बनाउन अस्वीकार गर्दा गठबन्धन नै टुटेको थियो । त्यसपछि प्रचण्ड र ओलीले सहमति गरे । तर, प्रचण्डले फेरि देउवासँग हात मिलाए । फेरि प्रचण्डले ओलीसँग हात मिलाए । ओलीले पनि प्रचण्डलाई धोका दिएर देउवासँग हात मिलाएर प्रधानमन्त्री बनेका छन् अहिले ।

धोकाधडीको राजनीति चलिरहँदा ओलीले आफूले सहमति अनुसार समय सकिएपछि प्रधानमन्त्री पद छाड्ने बोले । तर, यसको कार्यान्वयनमा आशंका छ । देउवा पनि ओलीसँगको सहमतिमा टिकिरहने सम्भावना कमजोर छ ।

प्रतिक्रिया