३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ओली जनता झुक्याउन खप्पिस


August 30, 2024
498
Shares

काठमाडौं, १४ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले देशको प्रधानमन्त्री छन् । तर, पदमा बसेर पनि उनले जनतालाई ढाँट्ने र झुक्याउने गतिविधि छाडेका छैनन् ।

ओलीले २२ अर्ब विद्युत महशुल नतिर्ने उद्दोगीलाई संरक्षण गरे । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल नतिर्ने उद्दोगको लाइन काट्दा ओलीको ठाडो आदेशमा जोड्न वाध्य पारियो । यतिसम्मकी मन्त्रिपरिषद्बाट निर्णय नै गराए । तर, उनै ओलीले पछि विद्युत महशुल तिराइन्छ भन्दै बोल्दै हिंडे । ओलीले महशुल नतिर्ने उद्दोगीलाई आफू जब जब प्रधानमन्त्री हुन्छन् तब तब संरक्षण गर्दै आएका छन् । उनले जनतालाई ठाडै झुक्याए ।

अरबौं विद्युत महशुल नतिर्नेलाई संरक्षण दिने, लाइन काटेकोमा जोड्न वाध्य पार्ने अनि जोडिसकेपछि महशुल तिर्नुपर्छ ती उद्दोगीले भन्दै हिंडे । वास्तवमा उनी विद्युत महशुल तिर्ने त्यस्ता उद्दोगीलाई वाध्य पार्ने पक्षमा छैनन् ।

ओलीले विगतमा प्रधानमन्त्री हुँदा चीनसँगको बीआरआई सम्झौता गरे । बीआरआई सम्झौता कार्यान्वयन भएको छैन । ओली बीआरआई कार्यान्वयनको सम्झौता गर्ने जस्तो गर्ने तर कुनै कदम नचाल्ने गर्दै आएका छन् । उनले बीआरआईबारे पनि जनतालाई झुक्याएका छन् । बीआरआई चीनको ऋण परियोजना हो । त्यसको ब्याज कति हो भन्नेबारे पनि खुलेको छैन । ओली यसमा मौन छन् ।

ओलीले चुच्चे नक्शा आफू प्रधानमन्त्री हुँदा संसदबाट पारित गराएको जस लिइरहेका छन् । तर, चुच्चे नक्शा फिर्ता ल्याउनेतर्फ उनको कुनै कदम देखिदैन । उनले यसमा पनि जनतालाई झुक्याए । नक्शा देखाए तर भूमि फिर्ता ल्याउन भारतसँग कुरा पनि गर्दैनन् । उनले जनतालाई भ्रम मात्र छरिरहेका छन् ।

ओलीले सार्वजनिक र सरकारी जग्गा हडप्ने माफियालाई साथ दिएको तथ्यहरु बाहिर आए । उनी प्रधानमन्त्री हुँदा गिरिबन्धु टी स्टेटको जग्गाबारे मन्त्रिपरिषद्बाट निर्णय गराए । त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतले फैसला नै गर्यो । यसमा दशौं अर्बको भ्रष्टाचार खुल्यो । तर, ओलीले आफू पन्छिएर यो प्रकरणमा जनतालाई भुक्याए । नेपाल ट्रष्टका जग्गाहरु आफू प्रधानमन्त्री हुँदा धमाधम निकट व्यापारीलाई कौडीको दाममा लिजमा दिलाए । तर, ओलीले यसमा पनि जनतालाई झुक्याए ।

प्रतिक्रिया