३१ भाद्र २०८१, सोमबार | September 17, 2024

दिपक मनाङे ‘नभै नहुने !’


August 29, 2024
830
Shares

काठमाडौं, १३ भाद्र । कुनैबेला डनका रुपमा चर्चित दिपक मनाङे राजनीतिमा लागेर झन् प्रभावशाली बन्दै गएका छन् । मनाङबाट दुईपटक स्वतन्त्र रुपमा प्रदेश सांसद निर्वाचित भइसकेका उनले पटक पटक मन्त्री पद पाइसकेका छन् त्यो पनि फेरि फेरि ।

मनाङे विवादमा पनि आउने गरेका छन् । कहिले कर्मचारी कुटेर त कहिले कार्यालयमा विवादास्पद गतिविधि गरेर चर्चामा छन् मनाङे ।

मनाङे कहिले एमालेसँग त कहिले माओवादीसँग त कहिले काँग्रेससँग जोडिएर मुख्यमन्त्री बनाउने खेल खेल्छन् । उनको मत निर्णायक हुने गरेको छ गण्डकीमा । त्यसैले उनीविना गण्डकीमा मन्त्रिपरिषद् नै बन्दैन ।

यसपटक काँग्रेस र एमालेको गठबन्धन बनेपछि मनाङेको मत निर्णायक रहेन । तर, काँग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्र पाण्डे मनाङेको पक्षमा उभिए । उनलाई मन्त्री नबनाइ नछाड्ने अडानमा रहे । मनाङेकै लागि मन्त्रालय बढाउने सम्मको निर्णय भएको छ ।

प्रतिक्रिया