८ आश्विन २०८१, मंगलबार | September 24, 2024

लोहनीको जन्मोत्सवमा मानव सेवा आश्रममा भोजन


August 24, 2024
2.1k
Shares

काठमाडौं,८ भदौ । लायन्स क्लब अफ काठमाण्डू युनाइटेड सगरमाथाका अध्यक्ष सीमा लोहनीको जन्मोत्सवको उपलक्ष्यमा अवसरमा मानव सेवा आश्रम धापाखेल मा ६५ जना आश्रितहरुलाई बिहानको भोजन वितरण गर्दै हंगेर रिलिफ कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लव अफ काठमाण्डू युनाइटेड सगरमाथा,लायन्स क्लव अफ मकवानपुर इनोभेटिभ, र लायन्स क्लव अफ मकवानपुर सगरमाथा स्मार्ट सहकार्यमा शनिबार लायन्स क्लव अफ युनाइटेड सगरमाथाका अध्यक्ष लोहनीको अध्यक्षतामा भोजन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मानव सेवा आश्रमका प्रतिनिधिहरुले जन्म दिन मनाउनु भएको लोहनी,उहाँको श्रीमान् शरद लोहनी,लायन्स क्लब अफ मकवानपुर सगरमाथा स्मार्टका चार्टर प्रेसिडेन्ट सुरज अर्याललाई
चन्दन टीका,फूल र रुद्राक्ष मालाबाट सम्मान गर्दै स्वागत गर्नु भएको थियो।

कार्यक्रममा अध्यक्ष लोहनीले केक काटेर आश्रमका सबै सेवाग्राहीहरुलाई रमाइलो गराउदै सबैमा भोजन अर्पण गरी कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रममा डिस्ट्रिक को चिफ भिकेएस ठकुरी विशेष परिस्थितिले उपस्थित हुन नसके पनि लोहनीलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया