८ आश्विन २०८१, मंगलबार | September 24, 2024

परराष्ट्रमन्त्री डा.राणा स्वेदश फिर्ता


August 22, 2024
581
Shares

काठमाडौं,६ भदौ । परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाले भारतको भ्रमण फलदायी भएको बताएकी छिन् । भारतको ५ दिने भ्रमण पुरा गरेर देउवा आज काठमाडौं आइपुगेकी हुन् ।

डा.राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शिष्टाचार भेट गरेकी थिइन् भने विदेशमन्त्री जयशंकरसँग द्धिपक्षीय वार्ता गरेकी थिइन् ।

सञ्चारकर्मीहरुसँग त्रिभुवन विमानस्थलमा कुरा गर्दै मन्त्री राणाले मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट नेपाल भ्रमणका लागि औपचारिक निम्तोपत्र हस्तान्तरण गरेको जानकारी दिइन् ।

 

प्रतिक्रिया