३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ओलीले धोका दिएको प्रचण्डको निष्कर्ष, गल्ती स्वीकार


August 22, 2024
1.2k
Shares

काठमाडौं, ६ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गल्तीलाई स्वीकार्ने नेतामध्ये पर्छन् । उनले पटक पटक गल्ती स्वीकारेर आत्मालोचना पनि गरेका छन् पार्टी बैठकमा ।

यसपटक प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सहकार्यलाई गल्ती भनेका छन् । पार्टी बैठकमा उनले एमालेसँग बामपन्थी एकताको आशाका साथ सहकार्य गरेपनि धोका पाएको बताए ।

ओलीले धोका दिएको भनेपनि प्रचण्डले उनीसँग पटक पटक हातेमालो गरेका छन् । यसपटक शेरबहादुर देउवासँग सहकार्य तोड्दै प्रचण्डले ओलीसँग हात मिलाए । तर, त्यो गठबन्धन लामो टिकेन । ओलीले देउवासँग हात मिलाए ।

प्रचण्डले सत्ता ढलेपछि ओलीको चाल बुझे । तर, यो गठबन्धन पनि लामो नजाने निष्कर्षमा प्रचण्ड छन् । उनले फेरि वाम एकताको विषय नउठाउने र नयाँ रणनीतिका साथ बढ्ने योजना बनाइसकेका छन् ।

प्रतिक्रिया