३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कुशवाहा हत्या प्रकरणको अनुसन्धानमा आलटाल, रौतहट प्रहरी दबाबमा परेको आरोप


August 21, 2024
1.6k
Shares

काठमाडौं । रौतहटको गौरमा भएको एक हत्याको घटनामा प्रहरीले अनुसन्धान गर्न आलटाल गरेको आरोप लागेको छ । असार १ गते रोतहटमा भएको राहुल राज कुमार कुशवाहाको हत्याको घटनाको अनुसन्धानमा प्रहरीले अस्वभावीक रुपमा आलटाल गरिरहेको पीडित पक्षले आरोप लगाएको हो ।

काठमाडौंको नयाँ बानेश्वर स्थीत लिभरपुल कलेजमा १२ कक्षामा अध्यनरत कुशवाहाको उनका साथीहरुले योजनाबद्धरुपमा हत्या गरेका थिए । काठमाडौंबाट घर बोलाई जेठ ३२ गतेका दिन ४ जना साथीहरु घरमै आएर उनलाई लगेका थिए । सोही दिनबाट सम्पर्क विहिन भएका कुशवाहाको शव असार १ गते रोतहट राजदेवी नगरपालिका अन्तर्गत पर्ने बागमति नदीको पताही घाटमा प्रहरीले फेला पारेको थियो ।

कुशवाहाको साथमा रहेको मोबाईल बैकींङमा रहेको पैसाको लोभमा परेर उनको हत्या भएको आशंका गरिएको छ । उनको साथमा रहेको एटीएम र मोबाईल लुटेर हत्या गरिएको खुलेको छ ।

यस सम्बन्धमा पीडीत पक्षले जाहेरी दिन खोज्दा समेत प्रहरीले सुरुमा जाहेरी लिन नमानेको बताइएको छ । हत्या भएको १७ दिन पछिमात्र प्रहरीले जाहेरी बुझेको थियो । मृतकका बुवा लालबाबु कुशवाहाले रौतहटका रितेश कुशवाह, समिर कुशवाहा, रेहान ९थर नखुलेको० र नितल राणालाई विपक्षी बनाई जाहेरी दिएका थिए । हत्या भएको एक महिना कटेको छ । हत्या आरोपीलाई पक्राउ गर्नु त कहाँ प्रहरीले घटनाको अनुसन्धानमा समेत वेवास्ता गरेको आरोप छ ।

हत्याका आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाउँदा उनीहरु भागेर भारत गएको आशंका गरिएको छ । तर प्रहरी भने आश्चर्यजनक रुपमा मौन छ । राजनीतिक दबाबका कारण हत्या आरोपीहरु प्रहरीकै मिलोमतोमा भारत गएको बुझीएको छ ।

अपहरण गरि शरिर बन्धक राखेर कर्तव्य ज्यान जस्तो गम्भिर प्रकृतिको मुद्धामा समेत प्रहरीको यस खालको रबैयाले रौतहटको शान्ती सुरक्षामा गम्भिर प्रश्न उठेको छ ।

प्रतिक्रिया