८ आश्विन २०८१, मंगलबार | September 24, 2024

कांग्रेसको कारण संसद बस्न नसकेको समाचार हास्यास्पदः कार्की


August 20, 2024
1.2k
Shares

काठमाडौं,४ भदौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसको कारण कोशीको संसद बस्न नसकेको समाचार असत्य भएको बताएका छन् । संसद नियमावली अनुसार संसद चल्नुपर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कार्कीले लेखेका छन्,‘नेपाली कांग्रेसको कारण कोशीको संसद बस्न नसकेको भन्ने समाचार हास्यास्पद हो न त दलको निर्णय न त दलको नेताको अभिव्यक्ति नै बाहिर आएको छ ।’

यो बर्खाको बिपदमा सबै भन्दा बढ़ी क्षति कोशीले ब्यहोरेको भन्दै कांग्रेस नेता कार्कीले जनताको आवाज उठाउने थलो संसद,कुनै पनि बहानामा संसद बैठक सार्न नहुने तर्क गर्छन् ।

‘नेपाली कांग्रेसको कारण कोशीको संसद बस्न नसकेको भन्ने समाचार हास्यास्पद हो न त दलको निर्णय न त दलको नेताको अभिव्यक्ति नै बाहिर आएको छ । संसद नियमावली अनुसार संसद चल्छ ।यो बर्खाको बिपदमा सबै भन्दा बढ़ी क्षति कोशि ले ब्यहोरेको छ । जनताको आवाज उठाउने थलो संसद कुनै पनी बहानामा छल्न पाइदैन ।।’–उनले लेखेका छन् ।

 

प्रतिक्रिया