नेपालद्वारा श्रीलंका पराजित
काठमाडौं, २ भाद्र । साफ यू २० च्याम्पियनशिप फुटबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा भएको प्रतिष्पर्धामा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो ।
नृेपालका लागि निराजन धामीले २३औं मिनेटमा गोल गरेका थिए । कर्नर किकको प्रहार श्रीलंकाको रक्षापंक्तिले क्लियर गर्न नसक्दा पाएको मौकालाई एकल प्रयासबाट धामीले गोलमा परिणत गरेका हुन् ।
नेपालको गोलसँगै समूह ए मा ३ अंकसहित सेमिफाइनलको सम्भावना बलियो भएको हो । अब नेपालले बँगलादेशविरुद्ध खेल्नेछ ।