८ आश्विन २०८१, मंगलबार | September 24, 2024

न्याय पाउन आन्दोलन नै गर्न पर्ने भयो त !


August 18, 2024
13.1k
Shares

काठमाडौं,२ भदौ । पछिल्लो समय जनताको अन्तिम आशाको केन्द्र न्यायालयको शुद्धिकरणबारे विभिन्न टिका टिप्पणी हुँदै आएका छन् । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले न्यायालयले पीडितका आवाज नसुन्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आइतबार एक पोस्ट गर्दै रायमाझीले १५ वर्षमा मुद्दा टुङ्गिने र त्यसको वर्ष दिनसम्म फैसला नआउने भन्दै लेखेका छन्,–न्यायका लागि पीडितहरुले आन्दोलन नै गर्न पर्ने भयो त ।

फैसला लेख्ने र सहि नगर्ने न्यायाधीसहरुलाई न्यायालय शुद्धिकरणको नारा लगाएर नथाक्ने नेपाल बार एसोसियसनले कारबाहीको माग गर्नुपर्ने उनको भनाइ छ ।

‘वर्ष दिनसम्म पनि फैसला आउँदैन कहिले लेख्ने मान्छे छैन् भन्ने लेखिसकेपछि सही नगर्ने त्यस्ता न्यायाधीशलाई कारबाही गर्नु पर्छ कि पर्दैन ?? न्यायपरिषद् छ भन्छन् के गर्दैछ ? न्याय पीडितको आवाज सुन्दैनन् । आन्दोलन गर्नैपर्ने भयो त !!’–लेखक समेत रहेका रायमाझीले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

प्रतिक्रिया