३ आश्विन २०८१, बिहिबार | September 19, 2024

विदेश जाने नेपालीहरु नेपालबाटै ठगिन बाध्य हुन्छन् : युवा नेता गुरुङ


August 17, 2024
2.9k
Shares

काठमाडौं । दलाल हाबी हुँदा श्रमिक वर्गले विदेशमा दुख पाइरहेको नेपाल तरुणदलका केन्द्रीय सदस्य संजिब गुरुङले टिप्पणी गरेका छन् । नेपाली पेनको युट्युब च्यानलबाट प्रसारित भएको कार्यक्रम ‘नेपाली पेन बहस’ मा पत्रकार सचिना बानियाँसँग कुरा गर्दै गुरुङले यस्तो बताएका हुन् ।

विदेश जान लागेका नेपालीहरुको आफ्नै देशको श्रम रोजगार विभागबाट दुःख र पीडा सुरु हुने उनको भनाइ छ । ‘त्यसो त लाउन खान,घरायशी खर्च टार्न,बालबच्चा पढाउन धन कमाउने आशामा विदेशिन बाध्य हुन्छन्,तिनीहरु माथि नै राज्यले नियतबस झन पीडा थपिदिन्छ ।’ उनले भने,‘एउटी महिला घरमा विविध समस्या भएर लाला–बाला बच्चाहरु छाडर विदेश जान तयार हुन्छिन्, श्रम स्विकृत गर्न जादा घरेलु कामको रैछ हुँदैन् भन्छ तर बाहिर दलालले पैसा लिएर उति खेर नै श्रम स्विकृत बनाइदिन्छ । यो सरकारको गम्भिर लापरबाही हो । त्यो घरेलु कामको सरकारले स्विकृति दिनै मिल्दैन भने दलालले कसरी गरायो त । त्यही बाट सुरु हुन्छ,यसमा कर्मचारी भ्रष्टाचारमा लिप्त छन् भन्ने ठुलो प्रमाण पनि हो ।’

नेपालमा राज्य कमजोर भएकैले युवा युवती जुनसुकै बहानाले पनि देश छाडिरहेको भन्दै समाजसेवी समेत रहेका गुरुङले भने,‘अबको १० वर्षपछि नेपालमा वृद्धाबृद्धा मात्र हुन्छन् हेर्दै जानुहोला ।’ ती युवायुवती पलायन रोक्न अब राज्यलाई निकै गाह्रो हुने पनि उनको भनाई थियो ।

राष्ट्र कै औपचारिक रुपमा प्रतिनिधित्व गर्ने संस्था राजदुतावासको भूमिकाबारे सोधिएको प्रश्नमा गुरुङले भने,‘दुतावास र राजुदतबाट सर्वसाधारण श्रमिकहरुले केही सहयोग पाइदैन्,राजदुतले आफनो दलको मात्र जिम्मेवारी पुरा गर्ने हो, हाम्रो होइन् । पहँुच र शक्तिको आधारमा दुतावासले काम गर्छ ।’

समस्या परेको बेलामा दुतावासको फोन नै नउठ्ने भन्दै उनले भने,‘सरकारले नियुक्त गरेका राजदुत अमुक दलका हुने भएकाले पनि होला,दुतावास त दलका मान्छेहरु ल्याउने, लैजाने एक किसिमको मानव तस्करी गर्ने माध्यम भइरहको जस्तो लाग्छ ।’

लामो समय विदेशमा बिताएका गुरुङले अधिकांश नेपालीहरुको विदेशिनु रहर नभइ बाध्यता भएको सुनाए । युवा शक्ति पलायन हुनबाट रोक्न सरकारले तत्काल युवा रोजगार केन्द्रीत नीति ल्याउनु पर्नेमा जोड दिए ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया