घट्यो पेट्रोलियम पद्धार्थको मुल्य

काठमाडौं,३१ साउन । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मुल्य घटाएको छ । पेट्रोलको मुल्य ५ रुपैयाँले घटेको निगम स्रोतले जनाएको छ ।
साउन ३२ गते शुक्रबार १ बजेदेखि लागु हुने गरी निगम सञ्चालक समितिको बैठकले मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मुल्य घटाउने निर्णय गरेको हो ।
भारतीय आयल कर्पोरेसनबाट मुल्य घटेर आएसँगै निगमले पनि मुल्य समायोजन गरेको हो । अब नयाँ मुल्य अनुसार पेट्रोलको १६५, डिजेल एवं मट्टितेलको १५५ रुपैयाँ कायम हुने भएको छ ।