३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बंगलादेशबाट जातिय युद्ध सुरु भएको त हैन् ?


August 14, 2024
3.8k
Shares

काठमाडौं,३० साउन । नेपाल तरुणदलका केन्द्रीय सदस्य संजिब गुरुङले बंगलादेशबाट जातिय युद्ध सुरु भएको टिप्पणी गरेका छन् । समाजसेवी समेत रहेका गुरुङले बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेपाली नागरिक पनि सचेत हुने बेला आएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,‘बंगलादेशबाट जातिय युद्ध सुरु भएको त हैन् ? स्वार्थ,लोभ र उत्तेजनाले देश नै दुई भागमा बिभाजित हुनेछ ।’ बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत पुगेकी थिइन् ।

शेख हसिना र उनकी बहिनी शेख रेहना हेलिकप्टरमार्फत भारतको अगरतलातिर प्रस्थान गरेका थिए । देश छाड्नुअघि हसिनाले वक्तव्य रेकर्ड गराउन चाहेको भएता पनि उनलाई त्यो अवसर प्रदान गरिएको थिएन । र बंगलादेशमा डा. मोहम्मद युनुसले अन्तरिम सरकार प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

 

प्रतिक्रिया