८ बैशाख २०८३, मंगलबार | April 21, 2026

आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको दाबी गर्दै कुलमानविरुद्ध अख्तियारमा उजुरी


August 14, 2024
996
Shares

काठमाडौं,३० साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको दाबी गर्दै कागजपत्रसहित आयोगमा उजुरी दिएका छन् । उनले आफ्नो उजुरीमा राज्यलाई करोडौं रुपैयाँ घाटा हुनेगरी पीपीए गरेको उल्लेख गरेका छन् ।

ऊर्जा उत्पादक कम्पनीसँग विद्युत् खरिदका लागि पीपीए गर्दा सो घोटाला भएको खरेलले उजुरीमा उल्लेख गरेका छन् । खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उजुरीको सबै व्यहोरा सार्वजनिक पनि गरेका छन् । घिसिङले राज्यलाई करोडौं रकम घाटा हुनेगरी विभिन्न आयोजनासँग पीपीए गरेको खरेलको दाबी छ । उनले ६६ वटा कम्पनीसँग कानुनविपरीत पीपीए गर्दा नेपाल सरकारको खातामा आउने १ करोड १७ लाख २६ हजार ५ सय २० रुपैयाँ राजस्व गुमेको दाबी अख्तियारमा पेस गरेका छन् ।

‘कुलमान घिसिङले २०७५ र २०७६ सालको विभिन्न मितिमा विभिन्न ऊर्जा उत्पादक कम्पनीहरूसँग पावर पर्चेज एग्रिमेन्ट गरेका थिए, उनले ती कम्पनीसँग विद्युत् नियमन आयोगको स्वीकृतिबिना पीपीए गर्दा विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने यति मोटो रकम गुमाउनुप¥यो,’ खरेलले आयोगमा दिएको उजुरीमा भनिएको छ ।

विद्युत् खरिद सम्झौतामा सहमति दिँदा विद्युत् नियमन आयोगले शुल्क लिनुपर्छ । सो रकम पाएपछि मात्र प्राधिकरणले पीपीए गर्न पाउँछ । तर, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोग ऐन बनिसकेपछि पनि ऐनलाई नै मात खुवाउँदै आफुखुसी पीपीए गरेका हुन् । ‘आयोग ऐन बनेको १ वर्षपछि पनि प्राधिकरणले आयोगको स्वीकृतिबिना नै पीपीए गरेर राज्यलाई करोडौंको नोक्सानी गराएको छ,’ अख्तियारमा दिएको उजुरीमा भनिएको छ, ‘१७ मंसिर २०७४ बाट विद्युत् नियमन ऐन लागू भए पनि कुलमान घिसिङले भने २०७५ सालमा ६२ वटा ऊर्जा उत्पादकसँग र २०७६ सालमा चारवटा ऊर्जा उत्पादकसँग पीपीए गराएका थिए ।’

ऐन र नियमावलीको बर्खिलाप हुनेगरी प्राधिकरणका हाकिम अगाडि बढे पनि ऊर्जा मन्त्रालय र २०७६ सालमा स्थापना भएको विद्युत् नियमन आयोगले यस विषयमा ठोस पहल गर्न नसकेको उजुरीमा उल्लेख छ । ‘यस्ता प्रवृत्तिलाई राज्यका निकाय नै मौन बसेर समर्थन गर्दा अनियमितता र भ्रष्टाचारको ग्राफ अझै उकालो लाग्नेमा कुनै सन्देह छैन,’ उजुरीमा भनिएको छ ।

आफ्ना चार भाइका नाममा सम्पत्ति लुकाए
कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएको एक वर्षपछि ५ साउन २०७४ मा उनले आफ्ना चार भाइको नाममा ३ करोड पुँजी भएको तेन्डेल हार्डवेयर प्रालि दर्ता गरिदिएका थिए । ‘सो कम्पनीमा आफ्ना चार दाजुभाइ गणेश, अनिल, सानुकान्छा र सुरेश घिसिङको नाममा प्रतिव्यक्ति ७५ हजार सेयर कित्ता हुनेगरी कम्पनी खोलेको पाइएको छ,’ खरेलले भनेका छन्, ‘रामेछापको सामान्य परिवारमा जन्मिएका उनका दाजुभाइले करोडौंको कम्पनी खोल्नसक्ने नै थिएनन्, यहीँनिर प्रश्न उठ्छ– कुनै पेसा व्यवसाय नै नभएका चार दाजुभाइले त्यति ठूलो लगानीको हार्डवेयर कसरी खोले रु यसको जवाफ हो– कुलमानले नै यसको सबै व्यवस्थापन गरेका थिए ।’

खरेलले त्यसअघि नै कुलमानको सुनकोशी इन्जिनियरिङ कम्पनी रहेको भन्दै अहिलेसम्ममा पनि सो कम्पनी निरन्तर घाटामा देखिएको उल्लेख गरेका छन् । ‘अहिले त्यो कम्पनी उनका दाजु गणेशले चलाउँदै आएका छन्, पछिल्लो समय उनले खोलेको हार्डवेयरले सिमेन्ट रड मात्र बेच्दैन, कमिसनको मोटो रकम पनि व्यवस्थापन गर्छ,’ खरेलले दाबी गरेका छन्, ‘त्यही भएर हुनसक्छ एउ�

प्रतिक्रिया