३ आश्विन २०८२, शुक्रबार | September 19, 2025

मुस्लिम समुदायलाई मन्त्रिमण्डलमा समावेश गर्न देउवालाई आग्रह


August 11, 2024
2.5k
Shares

काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मुस्लिम समुदायका नेताहरुले भेटवार्ता गरेका छन् । आइतबार देउवा निवास बुढानिलकण्ठ पुगेका कांग्रेस निकट मुस्लिम नेताहरुले मन्त्रिमण्डलसहित हरेक क्षेत्रमा आफ्नो समुदायलाई सहभागी गराउन माग गरेका हुन् ।

नेताहरुको मागको जवाफमा सभापति देउवाले समावेशिताको पक्षमा अन्य पार्टीभन्दा कांग्रेस एक कदम अगाडी रहेको बताएका थिए ।

भेटवार्तमा सहभागी कांग्रेस नेता डा.अबुल हुसैन अन्सारीले आफूहरुको माग पार्टी सभापति देउवाले सम्बोधन गर्ने आश्वासन दिएको बताए । नेपाली पेन डटकमसँग कुरा गर्दै अन्सारीले भने,“हाम्रो कुरा ध्यान दिएर सुनिदिनु भएको छ,राज्यका प्रत्येक निकायमा मुस्लिम समुदायको सहभागिताका लागि पहल गरिदिन आग्रह गरेउ,उहाँले आश्वासन पनि दिनु भएको छ, आशा छ, माग पुरा होला ।”

नेताहरुको टिमले आजै परराष्ट्रमन्त्री डा.आरजु राणालाई पनि भेट गरेका थिए ।

प्रतिक्रिया