२ कार्तिक २०८१, शुक्रबार | October 19, 2024

गाजाको विद्यालयमा इजरायली आक्रमण, १०० जनाको मृत्यु


August 10, 2024
498
Shares

काठमाडौं,२६ साउन । गाजाको दराज जिल्लाको एक विद्यालयमा शनिबार बिहान हमला भएको थियो । जसमा एक सयभन्दा बढीको मृत्यु भइसकेको छ । अल जजिराका अनुसार मृत्यु हुनेमा महिला, बालबालिका र वृद्धहरु रहेका छन् ।

यस विद्यालयमा धेरैले आश्रय लिएका थिए । विहानको नमाज पढिरहेका बेला आक्रमण भएको हो । स्थानीयवासीका अनुसार विद्यालयमा एकपछि अर्को ३ रकेट प्रहार भएको छ । जसका कारण त्यहाँ आगलागी भएको हो ।

इजरायली सेनाले अल–ताबिन स्कूल हमासको कार्यालयको रूपमा प्रयोग भइरहेको दाबी गरेको छ। त्यहाँ धेरै हमास आतंकवादीहरू उपस्थित थिए। आक्रमण सर्वसाधारणमाथि भएको होइन ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले आक्रमण गर्नुअघि सर्वसाधारणलाई हुने क्षति न्यूनीकरण गर्न धेरै कदम चालेको बताएको छ। क्षेत्रको हवाई निगरानी गरिएको थियो। साथै त्यहाँ उपस्थित इजरायली गुप्तचर स्रोतहरूबाट पनि जानकारी सङ्कलन गरिएको थियो।

 

प्रतिक्रिया